टी–ट्वान्टी क्रिकेट श्रृङ्खला श्रीलङ्कालाई

 साउन १५, २०७८

काठमाण्डाै । घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले आफ्नो बनाएको हो । भारतले दिएको ८२ रनको लक्ष्य श्रीलङ्काले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले अविजित रहँदै २३ र वानिन्दु हसरङ्गाले १४ रन बनाए । यस्तै मिनोद भानुकाले १८ रन जोड्दा अभिष्का फर्नान्डोले १२ रन बनाए ।

सादिरा राशेन ६ रनमा आउट भए । भारतका राहुल चाहरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो । भारतका लागि कुलदीप यादवले अविजित रहँदै २३ रन बनाए । भुवनेश्वर कुमारले १६ रन जोड्दा ऋतुराज गायकवाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् । श्रीलङ्काका वानिन्दु हसरङ्गाले ४ विकेट लिए भने डसुन शनकाले दुई विकेट लिए ।

तपाईंको प्रतिक्रिया