परिषद सदस्यलाई स्वागत तथा सम्मान

 साउन १५, २०७८

लक्ष्मण बस्नेत,तुलसीपुर । जिल्ला खेलकुद बिकास समिति दाङले शुक्रबार लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भोजराज वलि र नरेन्द्र पुनलाई स्वागत तथा सम्मान गरेको छ । समितिले भर्खरै दाङ जिल्लाबाट लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यमा मनोनित भई कार्यभार समालेका वलि र पुनलाई स्वागत तथा सम्मान गरेको हो । जिल्ला खेलकुद बिकास समितिका प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश परिषद सदस्यद्वय वलि र पुनले सिङ्गो प्रदेशसंगै जिल्लामा खेलकुदको बिकासका लागि आफुहरु लागि पर्ने बताएका छन् ।

जिल्लाका तर्फबाट प्रदेश खेलकुदमा प्रतिनिधित्व गर्ने अवसर पाएका बताउँदै उनीहरूले प्रदेशसंगै दाङको खेलकुदको बिकासलाई त्यतिकै महत्त्वका साथ चुरुस्त दुरुस्त बनाउने अभियानमा आफुहरु जुट्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमको सहजीकरण तेक्वान्दोका सहायक प्रशिक्षक भिमलाल बिश्वकर्माले गरेका थिए ।

यसैविच सोही अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यद्वय भोजराज वलि र नरेन्द्र पुन लगाएत कर्मचारीको टोलिले जिल्ला खेलकुद विकास समितिको मातहतमा बेल्झुण्डीमा निर्मित रंगशाालाको स्थलगत अनुगमन निरिक्षण गर्नुका साथै विभिन्न प्रजातिका पुस्प रोपन समेत गरेको थियो ।

तपाईंको प्रतिक्रिया