नगर प्रमुख पाण्डेले भने- ‘खानका लागी मात्रै होईन,व्यवसायी बन्ने गरि खेती गरौं’

 साउन १६, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १५ सरैयामा ४१ लाख लागतमा निर्माण भएको बिउ श्रोत केन्द्र ९प्रशोधन ईकाई० को उद्घाटन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई लमहीको ३० लाख, तुलसीपुर उपमहानगरपालिका कार्यालयलको ६ लाख र डुरुवा पहेलपार कृषि सहकारी संस्थाको ५ लाख ९६ हजार गरी ४१ लाख ९६ हजार लागतमा निर्माण गरिएको हो ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख घनश्याम पाण्डेले जिल्लामा यो प्रशोधन केन्द्र चौथो रहेको बताउनुभएको थियो । नगर प्रमुख पाण्डेले तुलसीपुरलाई विउ बिजनमा आत्म निर्भर बनाउन लागी परेको बताउनुभयो । सोहि अनुसार अहिले परियोजना मार्फत विउ प्रशोधन केन्द्र स्थापना गर्न सफल भएको उहाले बताउनुभयो ।

साथै उहाले कृषिलाई व्यवसायीकरण, आधुनिकीरकण र कृषि उत्पादनमा आत्मनिर्भर गर्न सके मात्रै नेपालको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भएको छ । खानका लागी मात्रै कृषिखेती गर्नुभन्दा व्यवसायीक बन्नका लागी कृषि खेती गर्नुपर्ने उहाको सुझाव छ । सहकारी संस्थाका अध्यक्ष तोलाराम बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया