खेलकुद विकास समिति दाङको अध्यक्षमा श्रेष्ठ

 साउन २७, २०७८

दाङ । दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा विवेक श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको लुम्बिनी प्रदेश खेलकुद परिषद्ले एमाले दाङका युवा नेता श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भिम वलीका अनुसार बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लामा खेलकुद पदाधिकारी नियुक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया