तालिबानले कब्जामा लिए पछि राजधानी काबुल छोड्नेहरु बढे

 साउन ३२, २०७८

काठमाण्डाै । विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड समेत मच्चिएको थियो । काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ ।

विमानस्थलमा गोलाबारीसमेत भएको आवाज सुनिएको र केही घाइते भएका बीबीसीले जनाएको छ । तालिबानले भने काबुलका बासिन्दालाई नडराउन आग्रह गरेको छ । आफूहरुले बदला नलिने भन्दै नडराउन तालिबानले आग्रह गरेको हो । यसैबीच, अमेरिकाले काबुलका बासिन्दाको उद्धार गर्न एक हजार अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

यसअघि अमेरिकाले त्यहाँ तीन हजार सैनिक पठाएको थियो । अफगानिस्तानमा २० वर्षसम्म रहेका अमेरिकी सेना स्वदेश फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबान सक्रिय भएको हो ।

तपाईंको प्रतिक्रिया