तालिबानले काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थाल्यो

 साउन ३२, २०७८

काठमाण्डाै । तालिबानका एक अधिकारीले उनको समूहले अफगानिस्तानको राजधानी काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थालेको बताएका छन् । अब नागरिकलाई आफ्नो सुरक्षाका लागि यसको आवश्यक नभएको तालिबान अधिकारीले बताएका छन् । बीबीसीको अरबी सेवाका अनुसार तालिबानका एक अधिकारीले भनेका छन्, ‘नागरिकले आफ्नो सुरक्षाका लागि हतियार राख्दै आएका थिए । अब उनीहरू सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ सर्वसाधारणलाई नोक्सान पुर्याउन आएका होइनौँ ।’

तालिबानका हतियारधारी लडाकु सोमवार स्थानीय टीभी च्यानल टोलो न्युजको भवन पुगेर त्यहाँका सुरक्षाकर्मीको हतियार लिएका थिए । टोलो न्युजले एक ट्वीट गर्दै भनेको छ, ‘तालिबान काबुलमा रहेको हाम्रो भवनमा आए, हाम्रा सुरक्षाकर्मीबारे हतियारको बारेमा सोधे । हामीलाई सरकारले दिएको हतियार फिर्ता लिए र हामीलाई सुरक्षित राख्ने वचन दिएका छन् ।’

तपाईंको प्रतिक्रिया