दाङ फोटो ग्राफर एशोसिएशनको अधिबेशन असोजमा

 भदौ ०९, २०७८

तुलसीपुर । दाङ जिल्ला फोटो ग्राफर एशोसिएशन तुलसीपुर शाखाको अधिबेशन असोज २ गते हुने भएको छ । शाखा अध्यक्ष सुरज जंग रायमाझिको अध्यक्षतामा तुलसीपुरमा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको साधारण सभा तथा अधिबेशन पनि असोज २ गते हुन लागेको हुदा सोहि दिन तुलसीपुर शाखाको अधिबेशन पनि हुने भएको सचिव नारायण विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले अधिबेशनलाई मध्यनजर गरि ब्यवसायी नविकरण तथा दर्ता गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी दर रेट अनुसार काम भए नभएकोबारे समिति गठन गरेर अनुगमन गरिने भएको छ । बैठकमा फोटो ग्राफर यशोेसियन प्रदेश संयोजक बसन्त जोशी,जिल्ला अध्यक्ष गणेश दंगाल,महासचिव नारायण खनाल लगायतको सहभागीता रहेको थियो ।

तपाईंको प्रतिक्रिया