विरामी छट्पटाएको कस्ले देख्ने ?

 भदौ १२, २०७८

तुलसीपुर स्थीत राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद सिंह लाई नेकपा (एमाले) निकट अनेरास्ववियू दाङले कालोमोसो दलेर कार्वाही गरेको बारेमा विभिन्न टीका टिप्पणी र प्रतिक्रिया आइरहेका छन । माके,एमाले लगायतका पार्टी र विद्यार्थी संगठनहरुको विज्ञप्ति पनि हेरियो । हिजोको कार्वाही एमाले पार्टी ,संगठनको योजनामा थियो थिएन,योजना कसरी बन्यो ,के के भयो , त्यसमा सहभागी को को थिए यी कुराहरू कार्वाहीको योजना बनाउने लाई मात्र थाहा होला ,अरुलाइ थाहा हुने कुरा भएन । रह्यो विभिन्न व्यक्ति ,पार्टी र संगठन हरुको धारणाको कुरा ।

सरकारी अस्पतालमा हुने मनलाग्दी,ज्यादती ,नागरिकले सरकारी अस्पतालमा पाइरहेको सास्ती ,अस्पताल सरकारी भनिएपनी आर्थिक लुट मच्चाइरहेको, नागरिकले पैसा तिर्न नसकेर उपचार गर्न नसकिरहेको,डाक्टर हरुको लापरबाही ,अस्पताल व्यवस्थापन समितिको ज्यादती ,अस्पतालमा आफ्ना आसेपासे भर्ती गरिरहेको ,डाक्टरहरु अस्पतालमा आफ्नो डिउटी छोडेर दिनभर निजि अस्पताल र क्लिनिक हरुमा ब्यस्त भैरहेको ,बिरामी उपचार नपाएर अस्पताल हरुमा छट्पटाइ रहेको देखेका छ्न कि छैनन् होला ? विद्वान भन्ने हरुले पनि यो बारेमा एक शब्द बोलेको देखिएन ।

खाली संबिधान कानुन बिपरित कार्य गरेकोले कार्वाही गर्ने कुरा लेखेको देखियो । अर्को कुरा बिरामी अस्पतालमा उपचार नपाएर छट्पटाउदै प्राण त्याग गर्दै गर्दा ,आर्थिक अवस्था कमजोर भएकै कारण बिरामीले उपचार गर्न नपाउदा,अस्पताल हरुमा मनोमानी ,ज्यादती हुदा,डाक्टरहरु निजि अस्पताल र क्लिनिकहरु चहार्दै गर्दा त्यो संबिधान कानुनले के हेरेर बसेको छ ? अघिल्लो दिनको भिडियो क्लिप हेर्दा बिरामीहरुको पीडा गम्भीर छ । हिजोको कार्वाही बिरामी हरुको पीडा देखेर,सुनेर युवाहरूले हिम्मत र योजना बनाएर गरेको जस्तो लाग्यो ।

अनिल केसी, अखिल (क्रान्तीकारी) पुर्व जिल्ला अध्यक्ष

तपाईंको प्रतिक्रिया