-->

जात ब्यबस्थाको बहस: राजनीतिक सवाल

 भदौ १३, २०७८

केहि समय देखि अखबारे लेखनमा दलितका बिषयले ध्यानाकर्षण गराईरहेको पाईन्छ । नाम चलेका कुनै कुनै राष्ट्रिय दैनिकमा दिनहुँ जसो दलितका बिषयमा लेखन छापियका छन र पढ्न पनि पाइन्छ । केहि दलितले बिशाङ्क गरेका छन र कोहि दलितले युगौ इतिहास बारेमा भने उत्तिकै कलम चलाउन थालेका छन । दलित समुदायको अर्थ राजनीतिक र सस्कृतिलाइ प्राथमिकता राख्ने हो भने गाउँगाउ टोलटोल नगर, नगर छिमेकी अनि देशमा रुपान्तरण समेत देश भन्दा माथिको मार्ग परिवर्तन देख्न सकिन्छ । दलित समुदायको श्रम प्रतिको लगानी र भएका ज्ञान बिज्ञान कला र सस्कृती समाजका लागी न्याय ढोका हुन सक्छन ।

एक जमानामा साझ भयपछि अछुत हरुलाइ शहर भित्र पस्न बन्देज थियो । किन भने अछुतले अशुद्ध र अपबित्र तुल्यायको र सहरलाई शुद्ध पार्न पनि घाम डुबिसकेको हुन्थ्यो रे । आजको जमानामा भुपु अछुतहरुलाइ सहर पस्नमा कुनै कानुनी बाधा छैन । तर जन्मजात अछुत बनाउने हरुको दिलमा अझै घाम लागेको छैन । यहि नियतले गर्दा सन्चारकर्मी रुपा सुनार सरस्वती प्रधानको घरमा जानको लागि जातका कारणले कोठा नपायपछी चर्को बहस भैरहेको छ । पछिल्लो समय सामाजिक संजाल देखि सन्चार माध्यम सम्म आरक्षण बिषयमा चर्को बहस भैरहेको छ ।


यहि प्रबृत्तिले गर्दा झुटको बलमा आत्मसम्मानको खोजी र पर्दाफास नहोस भन्नको लागि घर जिल्ला भन्दा बाहिर जानु बस्नु पर्दा घरबेटी वा कुनै मान्छेले परिचय लिदा नाम सहि तर झुट थर बताउने गर्छन । त्यही झुटकै आधारमा छोराछोरी नामको पछाडि झुटकै थरमा राखिन्छ , र छोराछोरी बुझ्ने भैसकेपछी बाध्यताले त्यही झुटको थर नै प्रयोग गर्छन । जातीय छुवाछूतका घटना र जातीय बिभेदका बिषय राजनीतिकरण हुन नसक्नु को कारण दलभित्र नेतृत्व दलितको सङ्ख्या कम हुनु हो किनभने जातीय मुक्तिको लागि सम्पुर्ण लेखकले यसको फैसला आफै नगर्दा परेको ठाउमा बोल्न नपाउदा निकै दुस्खद को कुरो हो ।

यी विभेद हेर्दा सामान्य लाग्छ तर भोग्दा अत्यास लाग्छ सङचारकर्मी रुपा सुनारले बबरमहलस्थित सरस्वती प्रधानको घरमा जातका आधारमा कोठा नपायपछी जातिय भेदभाव र छुवाछूत को मुद्दा अहिले चर्को बहसमा छ। एक शताब्दी अघि जनमहात्मा गान्धी, जवाहरलाल, नेहरु ,मुहम्दा ,जिन्ना लगायतले कथित उच्च जात र सामान्त बर्गबाट बिकशित भै भारतीय राजनीति हाकिरहेको समयमा समाजको सबैभन्दा पिधको समस्यालाइ प्राज्ञिक रुपमा आलोचनात्मक राजनितिसहित राजनितिको केन्द्रिय भागमा स्थापित गराउन सफल अम्डेकरको सबैभन्दा ठूलो योगदान र सफलता हो ।

बर्तमान समस्या अर्धसामान्ती र अर्ध औपनिबेश सामाजिक बनोट भएको नेपाली समाजमा भने राजनीतिक आर्थिक सास्कृती सामाजिक रुपमा बहिस्कार ब्यबस्था समेत सामान्तिबाद छ ।दलित समुदाय सदियौ देखी जातीय भेदभाव छुवाछूत बहिस्कार मा पारियको छ । नेपालमा अझैपनी जातिय भेदभावको अहङ्कारवादमा आधारित छुवाछूत र जातीय बिभेदले समाजलाई चिरोपिरो पारेको छ । नेपालमा दलित समुदायको बर्गले जुनसुकै कुरामा प्रगतिशील राजनीतिक गरेपनी दाबाउन मात्रै खोज्छन् र बैक भोटको रुपमा मात्र प्रयोग गर्छन ।

जमानामा बनायको एक नियम दलित बस्तीमा बस्ने मान्छेलाइ डुम बाडी भन्ने र चोखा उपल्ला जाती बस्ने मान्छेलाई चोखा बाडि भन्ने चलन छ यो पनि एउटा समाजबाट अलग्यायको विभेद हो । जङबहादुर राणाले राज्य सत्ता आफ्नो हातमा लियपछी सन १९२० सालमा जातानुसारको सजाय दण्ड दिने गरेपछि यहि आज प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गाउगाउमा घरघरमा मनमनमा लागू भयको देखिन्छ । यस विरुद्ध आवाज उठाएको र आन्दोलन गर्दै आयको १० दसक हुन लाइसक्यो तर नेपालमा भने जातिय आन्दोलन गर्दागर्दै मुक्ति र न्याय पाउन सकियको छैन ।

रुकुम पश्चिम चौजहारीमा दलित समुदाय माथि भएको नरसङ्हारपश्चात् हाल दलितहरु आक्रोशित छन र न्यायका लागि सडकमा उत्रेका छन र अहिलेसम्म पनि पर्दाफास हुन सकेको छैन । समाजमा असमानता ब्यापाक विभेद ,मतभेद , छुवाछूत शोषण र दमनमा परेका समुदाय बर्गले अन्याय शहिदियकैले मात्र नेपाली समाजमा शान्त र शहिष्णु देखियको होूू ।

अधिकार स्थापनाको लागी भने ठाकुर मधेसी ब्राह्मण यादव आदिको पुच्छर बनेर सम्भब छैन आफै अग्रसर हुन जरुरी छ समग्रमा नेपाली समाजमा मुलुकको बहुसंख्यक शोषित उत्पीडित बैक भोटको रुपमा प्रयोग हुन नदिन जाति समुदाय मजदुर किसान महिला अल्पसंख्यक बर्गको हित गर्ने आफ्नै नेतृत्वमा आन्दोलनमा निर्माण गर्न जरुरी छ ।

किनकि जातीय भेदभाव र छुवाछूत हामी कहाँ फौजदारी गर्नु बडो अपराध हो ।त्यस्तो अपराध सार्वजनिक वा निजि जुनसुकै ठाउँमा भयपनी दण्डनिय हुन्छ । भनिन्छ जिउँदो मान्छेले नै जिउदा प्रश्न झेल्ने आट गर्छन जिउदो मान्छे बिच यी प्रश्नले श्याउश्याउती टाउको उठाइरहेकै छन ।

जातपात थितिमा गाठो परेको समाजले हर दिन बेहोरिरहेका दर्दनाक यथार्थलाई बुझ्ने बैचारिकी कुन हो ।यसलाइ बदल्ने परियोजना के हो रु दलित सङ्घर्षका गर्भ कथा कस्ता छन रु आज दलित आन्दोलन को अबस्था के छ रु अन्तरजातीय प्रेम बिबाहको कस्तो बिद्रोह हो रु दलितका लेखनले यी नै बारेमा चर्चामा आयका अखबार रैबारमा छापेर कलम चलायका छन ।

प्रचलित कानुन मिथक कथा पाठ्यक्रम धर्मग्रन्थ इतिहास र चिना थर गोत्र सहित नागरिकता आदि कुनै पनि दस्तावेज दलित समुदायको अनुपथर्ण राजनीतिक विशेषता स्विकार्दैनन। यसका लागि दलित अर्थपूर्ण राजनीतिक सौन्दर्य बिज्ञान कला संस्कृतीकका बारेमा अध्यन अनुसन्धान र लेखनको लागि परम्परागत शिक्षाबाट आफुले गरेका आलोचनात्मक चेतले हेर्ने र विश्लेषण गर्न तयार हुन पर्छ । दलित लेखनले गुर्णस्तरणात्मक थप सुधार र सामाजिक परिवर्तन प्रभाव बढाउन सामाजिक बिरोधाभाषलाई छेडेर दलित समुदायको दृष्टिकोण अघि बढाउने खालका लेखनको बिकास हुन आबश्यक छ ।

तपाईंको प्रतिक्रिया