जनप्रतिनिधिका चार बर्ष: यी हुन अठार नम्बर वडाले गरेका काम
तुलसीपुर । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर जनप्रतिनिधी आएको चार बर्ष पुगेको छ । २०७४ मा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अहिले अन्तीम कार्यकाल हो । यो विचमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १८ ले गरेका काम सार्वजनिक गरेको छ ।
वडाध्यक्ष माधव वलीले सामाजिक सञ्जालमा वडामा सम्पन्न भएका र पहल गरेका कामहरु सार्वजनिक गर्नुभएको हो । कोभिडको महामारीका बिचमा पनि उल्लेख्य कार्य भएको उहाले बताउनुभएको छ । वडाले गरेका कार्यहरु यसप्रकार रहेका छन्
*वडा कार्यालयकाे आफ्नै प्रशासनिक भवन निर्माण
*नगर स्वास्थ्य केन्द्रकाे स्थापना
*शुरक्षित आवास कार्यक्रम अन्तर्गत ३००माथि फुसकाे छाना भएका घरधुरीलाई जस्तापात वितरण)
*काेभिड महामारीमा पहिलाे चरणकाे लकडाउनकाे समयमा राहत वितरण र क्वारेन्टाईन सेन्टर संचालन तथा व्यवस्थापन,मृतककाे शब व्यवस्थापन र दाेस्राे चरणकाे महामारीमा अक्सीजन व्यवस्थापन,घरघरमा पुगी बिरामीकाे अवस्थाबारे जानकारी,बिरामीलाई अस्पतालसम्म पुर्याउन सहयाेग,शब व्यवस्थापन
*काेराेना विरुद्धकाे भ्याक्सिनेसन कार्यमा निश्पक्ष ढंगबाट ताेकिएकाे मापदण्डमा रही व्यवस्थित तवरले काम गर्दै
*तीनवटा बहुउद्देश्यीय बृहत् पानी पाेखरी(ताल) र साना २वटा गरि जम्मा ५ वटा पाेखरी निर्माण
*वडा भित्रका लगभग सबै मुख्य ग्रामीण सडकहरुकाे मापदण्ड अनुसारकाे स्तर उन्नति(कटीङ,ग्रावेलिङ)
*पत्रे खाेला देखी लमई हुँदै हापुर जाेड्ने सडककाे हाईवे सँगै जाेडिएकाे माेहडामा जग्गा धनीसँग सहमति जुटाई ट्रयाक खाेल्न सफल ।
*पत्रे खाेला सवदाह स्थलमा सिडी निर्माण
*दुधरासदेखी संग्राम जाने सडक कालाेपत्रे (क्रमागत)
*49 चाेक देखि माथितिर खानेपानी कार्यालय जाेड्ने सडक कालाेपत्रे
*बेलझुण्डी देखि मनिकापुर जाेड्ने सडक कालाेपत्रे शुरु भैसकेकाे (यसै बर्ष सम्पन्न हुँदै)
*झिङ्गै देखी गुरूङ टाेल जाने सडककाे १४ बर्ष सम्म अलपत्र रहेकाे माेहडा विवाद समाधान गर्दै ट्रयाक खाेल्न सफल
*बिजाैरीकाे दुम्नागाऊँ सडक कालाेपत्रे आधा भएकाे(यसै बर्ष सम्पन्न हुने)
*हेमन्तपुर बैरागी चाेकदेखी बनकट्टी हुँदै मानपुर जाेड्ने सडक कालाेपत्रे
*जमुनी चाैधरी गाउँ देखी पूर्वतर्फ फचकलुवा जाेड्ने नयाँ कृषि मार्गका रुपमा ट्रयाक खाेल्न सफल।*कुटुरे डाँडा देखी मनिकापुर-सातकुले जाेड्ने नयाँ ट्रयाक खाेल्न र साेही ठाउँदेखी हिमचुली बाेर्डिङ जाेड्न पनि नयाँ ट्रयाक खाेल्न सफल
*स्यानीदमार हुँदै डाैंडारे जाेड्ने नयाँ ट्रयाक खाेल्न सफल
*बाँसडबरा र गुवारखाेला बालुवा नयाँ बस्तीमा 3 फेज सहितकाे विद्युत लाईन विस्तार
*सातकुलेमा विद्युत ट्रान्फर्मर जडान
*वेलकाे रुखनेरकाे सवदाह स्थलमा भवन निर्माण
*हेमन्तपुर रानीवन क्षेत्रमा पार्क र पाेखरी निर्माणकाे काम गुरुयाेजना अनुसार अगाडी बढेकाे
*मनिकापुर खाल्डेबारीमा डिप बाेरिङ गाडिएकाे(केही काम बाँकी)
*विभिन्न ठाउँमा चाैतारी निर्माण र पानीका साना मुहान संरक्षणकाे काम भएकाे
*विभिन्न ठाउँमा पानीकाे लागी कुवा र ट्याङ्की निर्माण
*बिजाैरी शिवालय मन्दिर परिसरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रकाे लागी भवन निर्माण(काम अन्तिम चरणमा)
*बकुलाही सिंचाई कुलाे पक्की
*सातकुले सिंचाई कुलाे पक्की
*बनकट्टी सिंचाई कुलाे पक्की(क्रमागत)
*डुरुवा सिंचाई कुलाेकाे (बहुर्षिय याेजना)काम यसै बर्ष देखि शुरु हुँदै(ठेक्का लागि सकेकाे)
*बिजाैरी बेलझुण्डी खानेपानीकाे नयाँ पाईपलाईन विस्तारकाे काम शुरु हुँदै(ठेक्का लागीसकेकाे)
*जनता संस्कृत मा.वि मा 2 कराेडकाे लगानीमा नयाँ भवन निर्माण(काम अन्तिम चरणमा)
*जनकल्याण मा.वि दुधरासमा ईन्जिनियरिङ कक्षा शुरु र नयाँ भवन निर्माण।
*हामीले नै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा ल्याएकाे
*SEE मा उत्कृष्ट सामुदायिक विद्यलयका विद्यार्थी (१छात्रा,१छात्र)लाई सम्मान कार्यक्रमकाे शुरुवात
*सामुदायिक विद्यालयबाट SEE पास गरि प्राविधिक शिक्षा लिन चाहने ५ विपन्न परिवारका बालबालिकालाई वडाकार्यालयले नै खर्च बेहाेरी पढाएकाे
*विभिन्न समयमा बाढी पहिराेबाट क्षति बेहाेर्नु परेकालाई राहत स्वरुप केही नगद र कतै तारजाली,ह्युमपाईप आदी वितरण
*स्मार्ट कृषि गाउँ कार्यक्रम भित्र्याई अक्कासी र सातकुले क्षेत्रलाई अाधार बनाई बाख्रा र बंगुर काे पकेट क्षेत्रका रुपमा विकास गर्दै । (हाल ५६ घर किसान संलग्न,सबैका घरमा अाधुनिक खाेर निर्माण सम्पन्न)
*बाँसडबरामा बाख्रा पालन किसान समूह गठन (पहिलाे चरणमा विभिन्न प्रजातिका घाँस र उन्नत जातकाे २ वटा बाेका प्राप्त)
*कृषकहरुलाई व्यवसायिक कृषि वा पशुपालनमा अाकर्षित गर्न विऊ विजन वितरण,बंगुर वितरण
*पशु सुत्केरी भत्ताकाे शुरुवात
*सार्वजनिक जमिन अतिक्रमणमा राेक(अतिक्रमणमा परेकाे गुवारखाेला र दुधरास कार्तिके सामुदायिक वन नजिककाे जमिन फिर्ता
*विभिन्न समयमा वडाबाट व्यटिसियन र ईलेक्ट्रिसियन तालिम सम्पन्न(तालिम लिएका मध्ये केहीले व्यवसाय पनि शुरु गरिसकेकाे)
*बिजाैरी बाँसडबरा हुँदै जाने सडक कालाेपत्रेकाे लागी ADB द्वारा सर्वे सम्पन्न(अबकाे २ महिना भित्र ठेक्का लाग्ने जानकारी)
*हेमन्तपुर देखि डाैंडारे जाने सडक सघन शहरी विकास मन्त्रालय अन्तर्गत रहेकाे कार्यालय द्वारा सर्वे सम्पन्न,ठेक्का लाग्ने तयारी
*मनिकापुर लम्डरुवा हुँदै शुभकाेटी प्रा वि जाेड्ने सडक पनि सघन शहरी विकास मन्त्रालय अन्तर्गत रहेकाे कार्यालय द्वारा सर्वे सम्पन्न
*मनिकापुर पिपल चाैतारा देखि गुरुङ टाेल हुँदै झिङ्गै जाेड्ने सडक,माेति भवन देखि माथितिर जाने सडक,कालिका मालिका पेट्राेलपम्मदेखी माथि जाने सडक,रातमाटा अक्कासी सडक तुलसीपुर प्रधिकरण अन्तर्गत हुने कालाेपत्रेमा समावेस ।
तपाईंको प्रतिक्रिया