रुकुम पूर्वमा जडीबुटीबाट साढे १९ लाख राजस्‍व संकलन

 भदौ १४, २०७८

तुलसिपुर । रुकुमपूर्व बाट गत आर्थिक वर्षमा एक लाख ११ हजार पाँच सय ३१ किलो जडीबुटी निकासी भएको हो। यिनै जडीबुटीबाट गत आर्थिक वर्षमा १९ लाख ६५ हजार ९ सय पाँच रुपैयाँ राजस्व संकलन भएको छ। जिल्लाबाट सबैभन्दा बढी पाषणवेद २१ हजार २ सय किलो निकासी भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद मैनालीले जानकारी दिए। जिल्लाबाट अन्य जडीबुटी पनि निकासी भएका छन्।

जिल्लामा बहुमूल्य जडीबुटी यार्सागुम्बा, जट्टामसी, सुगन्धवाललगायत ८० देखि ९० प्रजातिका जडीबुटी पाइने गरेको वन कार्यालयले जनाएको छ। जसमा अहिले जिल्लाबाट ३० प्रजातिका जडीबुटी निकासी हुने गरेका छन्।

तपाईंको प्रतिक्रिया