चट्याङ लागेर बालकको मृत्यु

 साउन १९, २०७८

बैतडी । बैतडीमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । दशरथचन्द नगरपालिका–९ मङरुका नौ वर्षीय भरतराम कोलीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार साँझ करिब ७ बजेतिर घर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला चट्याङ परेको थियो ।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया