दाङमा आज ३५ संक्रमित थपिए

 साउन २०, २०७८

तुलसीपुर । दाङमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा आज ६० जनामा पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १९ पुरुष र १६ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा घोराहीका २८ जना, लमहीका ३ जना, तुलसीपुरका २ जना, राप्ती र बबईका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यो सँगै सकृय बिरामीको संख्या १ सय ५८ जना पुगेको छ । ति मध्य १ सय ३३ जना घरमा, अक्सिजन सहितको उपचारमा १७ जना र ८ जना आईसियूमा रहेका छन् । आज १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । ति मध्य ११ जना घोराहीका, तुलसीपुरका ४ जना र शान्तिनगरका ३ जना रहेको केन्द्रले जनाएको छ । यस अघि हिजो मात्रै २३ जना संक्रमित थपिएका थिए ।

तपाईंको प्रतिक्रिया