घर आउन हिडेका एक नेपाली चण्डीगढमा बेपत्ता

 साउन २१, २०७८


तुलसीपुर । रोजगारको लागी भारत पुगेका एक नेपाली बेपत्ता भएका छन । नेपाल आउन लागेका ती युवक चण्डीगढबाट बेपत्ता भएका हुन । दाङ तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ बेलटाकुरा निवासी २८ बर्षिय जिवन मल्ल बेपत्ता भएको उनको परीवारले बताएको छ । भारत हिमाचल भुट्टिमा काम गर्न पुगेका उनि घर आउन भनि जुलाई २९ तारेखमा (साउन १४) विहान चण्डीगढका लागी हिडेका थिए ।

उनि सगैं नेपाल आउन हिडेका गाउँकै शाथी प्रविन चौधरी भने घर आईसकेका छन । चण्डीगढ आउदा उनिहरुले एक होटलमा नास्ता खाएका थिए । त्यसपछि बेहोस भएका उनि राती बुतिएपछि आफु एक्लै अर्झनग्न अवस्थामा रहेको चौधरीले जानकारी दिएका छन । सीरानी छेउमा उनका शाथी जिवनको झोला बाहेक अरु केहि नभएको उनी बताउछन ।

यता मल्ल परीवार भने चिन्तीत बनेको छ । घर आउन लागेको खबर सुनेर खुसी भएको मल्ल परिवारमा त्यो खुसी धेरैबेर टिकेन । मल्ल घरको एक्लो छोरा हुन । छोराबारे हाल सम्म केहि जानकारी नआएकोले खोजिको पहल गरिदिन बुवा भेद बहादुर मल्लले सबैमा आग्रह गर्नुभएको छ ।
सगैं आएका शाथी के भन्छन ?
चण्ढीगढ आउदा रुकुम र कोहलपुर घर बताउने दुई अपरीचितहरु सगैं आएको प्रविन चौधरी बताउछन । त्यहा आउदा साँझको साढे ५ बजेको थियो । त्यसपछि उनिहरुले एक होटलमा नास्ता खान बसेका थिए । नास्ता खादा चौधरीले मदिरा सेवन गरेका थिए भने मल्लले कोक पिएका थिए । त्यसपछि त्यहाबाट हिडेपछि केहि थाहा पाउदैैनन् । ब्यतिदा रातको १२ बजेको थियो । ब्यतिदा आफु एक्लै अर्झनग्न अवस्थामा रहेको चौधरी बताउछन । सीरानी छेउमा जिवनको झोला मात्रै थियो । जिवन संग १८ हजार रुपैया रहेको र आफु सगं १२ हजार रुपैया भएको चौधरीको भनाई छ ।

तपाईंको प्रतिक्रिया