दाङमा विद्यालय खोल्ने तयारी

 भदौ १७, २०७८

तुलसीपुर । कोभिडका कारण लामो समयदेखि बन्द अबस्थामा रहेका बिद्यालयहरु संचालनमा आउन थालेका छन । यसैक्रममा दाङका पालीकाहरुले पनि भौतीक उपस्थितीमा नै कक्षा सञ्चालन गर्ने गरि विद्यालय खोल्ने तयारी गरेका छन । यसको छिट्टै निर्णय गरेर अिघ बढ्ने घोराही शिक्षा प्रमुख विनादे गौतमले बताउनुभएको छ । यता तुलसीपुर उपमहानगरपालीकाका शिक्षा शाखाले तिज पछि विद्यालय खोल्ने तयारी गरेको छ ।

यसबारेमा आज प्रधानाध्यापकहरु विच छलफलको आयोजना गरिएको प्रमुख चक्र भण्डारीले बताउनुभएको छ । अनलाईन तथा बैकल्पीक विधिबाट विद्यार्थीहरुको शिक्षण सिकाइ प्रभावकारी नभएको हुदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै अन्य पालीकाले समेत विद्यालय खोल्ने तयारी भएको हो ।

तपाईंको प्रतिक्रिया