शिव परियारको स्वरमा रहेको ‘तड्पी तड्पी’ सार्वजनिक

 भदौ १७, २०७८

तुलसीपुर । एक पछि अर्को गितमा सफलता पाउनुभएका गायक शिव परियारको स्वरमा रहेको नँया गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ । शुवास कार्कीको शब्द, संगीत विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो हालै सार्वजनिक भएको हो । बिन्दास मिडिया नेटवर्कले अडियो भिडियो गरेको गीतका निर्देशन भने सिर्जन बरालले गर्नुभएको छ ।

गीतको भिडियो आहा टिभीको आधिकारीक यूट्युव च्यानलमार्फत बजारमा आएको छ । भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको जीवन्त अभिनय छ । गीतमा आफ्नो श्रीमतीको अर्कैसँगको सम्बन्धका कारण चिरञ्जिवी तनावमा देखिन्छन् ।

तनावमा रहेका चिरञ्जिवीले श्रीमतीको हत्या गरेर शव बोकी पुलिस स्टेसन गएको र जेल भित्र बस्दा पागल जस्तै उनी बेला बेलामा रुने र सँगसँगै हास्ने गरेको देखाइएको छ ।

तपाईंको प्रतिक्रिया