नारायणपुर उद्याेग वाणिज्य संघले सडकका खाल्डा पुर्दै

 भदौ १९, २०७८


तुलसीपुर । नारायणपुर उद्याेग वाणिज्य संघले दाङकाे घाेराही तुलसीपुर सडक खण्डमा परेका खाल्डा पुर्न सुरू गरेकाे छ । गुर्जे खाेलादेखी हापुर खाेलासम्मकाे सडकमा परेका खाल्डाहरू ईलाका प्रहरी कार्यालय नारायणपुर र अस्थाई ट्राफिक पाेष्ट नारायणपुरसँगकाे समन्वयमा मर्मत थालिएकाे उद्याेग वाणिज्य संघमा अध्यक्ष अभियान बस्नेतले जानकारी दिनुभयाे ।

खाल्डाखुल्डिका कारण हुन सक्ने दुर्घटना राेक्नका लागी स्थानीय सरकार, प्रदेश सरकारले ध्यान नदिएपछि उद्याेग वाणिज्य संघकाे अगुवाईमा मर्मत सुरू गरिएकाे अध्यक्ष बस्नेतले बताउनुभयाे ।

तपाईंको प्रतिक्रिया