महालक्ष्मी बैंक प्रकरण पहिले धितो नक्कली दाबी, उजुरी परेपछि २५ तोला सुन फिर्ता

 भदौ २०, २०७८

काठमाडौं । ललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन फिर्ता पाएकी छन् । ६ वर्षपछि साँवा र ब्याज चुक्ता गरेर महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखासँग धितो फिर्ता माग्दा बैंकले नक्कली रहेको भन्दै फिर्ता दिन मानेको थिएन ।

तर नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले सुन फिर्ता दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्न समय लागेको भन्दै धितो फिर्ता गरिएको बताएको छ । बैंकबाट १४ लाख ऋण लिएबापत उनले सुन धितो राखेकी थिइन् । त्यही सुन नक्कली भएको दाबी बैंकले ६ वर्षपछि गरेको थियो । तर विवाद प्रहरी र राष्ट्र बैंकसम्म पुगेपछि बैंकले रकम फिर्ता गरेको हो । यसअघि बैंकले किन धितो नक्कली दाबी गरेको थियो भन्ने खुलेको छैन ।

तपाईंको प्रतिक्रिया