काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खाल्ने तयारी

 भदौ २१, २०७८

काठमाडौँ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खोलिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।

कोरोनाको सङ्क्रमणको अवस्था विश्लेषण गरेर नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी आजको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया