विमानस्थलमा ईन्धन डिपो निर्माणको काम अघि बढ्यो

 भदौ २१, २०७८

तुलसीपुर । दाङको टरिगाउँ विमान स्थलमा हवाई ईन्धन डिपो निर्माणको शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख कमला न्यौपानेले एक कार्यक्रमका बिच सयुक्त रुपमा डिपो निर्माणको शिलान्यास गर्नुभएको हो । डिपो निर्माणको शिलान्यास गदै नगरप्रमुख पाण्डेले ईन्धन डिपो निर्माण कार्य छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

डिपो निर्माण हुनु दाङको समग्र समृद्धि र विकास संग जोडिएको विषय भएको बताउदै उहाले तोकिएको समय भित्रै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नु भएको हो । निर्माण कार्यमा कुनै समस्या र अवरोध भएमा तुलसीपुर उपमहानगरपालिकाले आबश्यक सहयोग गर्ने उहाले बताउनुभयो । साथै उहाले विगत चार बर्षदेखी नियमित रुपमा हवाई उडान भईरहेको भन्दै ईन्धन डिपो स्थापनाका लागी गरेको बाचा पनि पुरा भएको उहाले बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख कमला न्यौपानेले ईन्धन डिपो स्थापनाले नियमित हवाई उडानमा सहज हुने बताउनु भयो । नेपाल आयल निगमको निति तथा योजना अनुसार यस अघि नै हुनुपर्नेमा विभिन्न कारणले ढिलाई भएपनि अहिले काम सुरु भएको उहाले बताउनुभयो ।

निर्माण कम्पनीका प्रोप्राईटर चिरण चौलागाईले गत साउन पहिलो साता भ्याट बाहेक एक करोड ६५ लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरेको बताउनु भयो । आफुले सम्झौता गरे अनुसार नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पाँच कठ्ठा जमिनमा ईन्धन ट्याङकी राख्ने ठाउँ निर्माण,ट्रस भवन निर्माण लगाएतका संरचनाहरु निर्माण गरिनेछ ।

ईन्धन भण्डारण ट्याङकी यस अघि नै ल्याईएको दाङ नागरिक उड्यन कार्यालय प्रमुख कैलाश शर्माले जानकारी दिनुभयो ।उक्त ट्याङकी ३० हजार लिटर क्षमताको रहेको छ । कार्यक्रमको सहजीकरण नेपाल आयल निगम ईन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले गर्नुभएको थियो । ईन्धन डिपो स्थापना हुने भएपछि दाङबासीलाई हवाई यात्रामा अझ सहज हुने अपेक्षा गरिएकोछ ।।

तपाईंको प्रतिक्रिया