तुलसिपुर उपमहानगरपालिका मा भदौ २७ बाट भौतिक उपस्थिति मा बिधालय सन्चाल हुने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थिती मै तुलसीपुर क्षेत्रमा रहेको सामुदायिक र निजी सबै विद्यालयहरु संचालन गर्न अनुरोध गरेको हो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको बताउँदै विद्यालयहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै हाललाई स्कुल बस संचालन नगरि विभिन्न सिफ्टमा विद्यालय संचालन गर्न उपमहानगरपालिकाको शिक्षा शाखाले तुलसीपुर उपमहानगरपालिकाका सम्पुर्ण विद्यालयहरुलाई अनुरोध गरेको हो ।
५० जना सम्म विद्यार्थी संख्या भएका विद्यालयहरुले एकै सिफ्टमा चलाउन सक्ने तर त्यो भन्दा बढि विद्यार्थी भएका विद्यालयहरुले दुई तिन सिफ्टमा विद्यालय संचालन गर्नु पर्ने, कक्षा कोठामा बढिमा १५ जना सम्मको संख्यामा भौतिक दुरी गरी बसाई व्यवस्थापन गर्नु पर्ने,शाखा अधिकृत चक्र बहादुर भण्डारीले बताउनु भयो ।
तपाईंको प्रतिक्रिया