नेपाल र बंगलादेशकाे महिला टोलीबीच मैत्रीपूर्ण फुटबल आज

 भदौ २४, २०७८

काठमाडौं । नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।नेपाल र बंगलादेश दुवै एएफसी महिला एसियन कप छनोटको तयारीमा छन् । तयारीलाई अन्तिम रुप दिन बंगलादेश २ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो । अर्को खेल आइतबार हुनेछ ।

भारतमा सन् २०२२ मा हुने महिला एसियन कपमा छनोट हुन नेपालले उज्वेकिस्तानमा असोजमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्नेछ । नेपालले असोज ३ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्दैछ । नेपाली टोलीमा कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थिति विपक्षीका लागि केहि सहज हुनेछ ।

तपाईंको प्रतिक्रिया