राउटे समुदाय फेरी सल्यान फर्किए

 भदौ २६, २०७८

तुलसीपुर । जंगलमा घुमन्ते जीवन विताउदैँ आएको राउटे समुदाय सल्यानको बालुवासंग्रही स्थित भेरी नदि किनारमा आएका छन् । सल्यानबाट सुर्खेत गएको एक महिना नहुदै राउटे समुदाय फेरी सल्यान फर्किएको हो । भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका –५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए ।

सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका –११ बालुवासंग्रही नजिक भेरी नदिको किनारामा आएका हुन् ।

भेरी नदि किनारमा राउटे समुदायलाइ स्थानियले बस्न नदिएपछि बन्गाड कुपिण्डे नगरपालिकाले सहजीकरण गरिदिएको छ । उनीहरुले यहाँ छोटो समय मात्रै बस्ने बताएका छन् । केही बर्ष पहिले पनि सोही क्षेत्र नजिकै भेरि किनारमा उनीहरु आएर वसेका थिए । राउटे समुदाय लामो समय यही वस्न चाहे थप व्यवस्थापन गरिदिने नगर प्रमुख गोविन्द पुनले बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया