एमाले सल्यानले प्रशिक्षणलाई तिब्रता दिदै

 भदौ २८, २०७८

सल्यान । नेकपा एमाले सल्यानले जिल्लाका विभिन्न स्थानीय तहहरुमा वडा भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिदै आएको छ । यस क्रममा सोमबार बागचौर नगरपालिकाको वडा नम्बर १ मा भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको एमालेले जनाएको छ । भेलाले भिम बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा ७१ सदस्यिय पार्टी वडा कमिटी र रेमन्त सुनारको अध्यक्षताममा ३५ सदस्यीय युबा संघ वडा कमिटी गठन गरेको एमाले नेता घनश्याम शर्माले जनाएका छन् ।

कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगीले एमाले अव झन संगठित र शशक्त बन्ने धारणा राखे । उनले व्यक्तिगत स्वार्थ पुरा गर्न नपाएकाहरु पाटीबाट अलग भएको बताउदै एमालेको नेतृत्वमा मात्रै समृद्धि र समाज परिवर्तन सम्भव रहेको उल्लेख गरे ।

प्रशिक्षण कार्यक्रममा बोल्ने एमाले नेताहरुले माधव नेपालले कुनै ठोस एजेण्डाविना नै पार्टी फुटाएकाले टुट फुटका पछी कोही पनि नलाग्ने र विभाजनले कसैलाई फाइदा नगर्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया