थप १६ को मृत्यु,१ हजार ४८६ जनामा कोरोना पुष्टि

 भदौ २८, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप १ हजार ४८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ८७८ र एन्टिजेन विधिबाट ३ हजार १४० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ६५ हजार ३४३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २६० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३० जना रहेको छ । मन्त्रालयका अनुसार ४७५ संक्रमित आइसीयुमा छन् भने १३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५१ लाख ९८ हजार १९३ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५८ लाख ३३ हजार ९३८ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया