१५ सय संक्रमित थपिए, १९ जनाको मृत्यु

 भदौ २९, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १५६२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मंगलबार कोभिडको कारण थप १९ जनाको मृत्यु भएको छ । १५८९ जना निको भएका छन् । मंगलबार संक्रमण दर १०.८१ प्रतिशत छ ।

तर, देशव्यापी औषत संक्रमण दर १९.३ प्रतिशत छ । सक्रिय संक्रमित संख्या आजसम्म २६ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । कूल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख ७९ हजार पुगेको छ ।

तपाईंको प्रतिक्रिया