एमाले अध्यक्ष ओलीले भने – ‘पतझर झरेर कोशी नरोकिने’

 भदौ २९, २०७८

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । गृहजिल्ला झापामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट टुक्रिएर गएका नेताहरुलाई कटाक्ष गर्दै पतझर झरेर कोशी नरोकिने बताएका हुन् ।

 भेलालाई सम्बोधन गर्दै कानूनी र भावनात्मकरूपमा एमाले विगतकै पार्टी भए पनि संगठन र राजनीतिको हिसाबले नेकपाकै निरन्तरता रहेको ओलीले बताए । प्रचण्डले माधव नेपाल गुटमात्र आफूसँग लिएर गएको भन्दै आफूले नेकपा एकतालाई निरन्तरता दिएको ओलीले बताएका छन् ।

तपाईंको प्रतिक्रिया