सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा

 भदौ ३०, २०७८

काठमाण्डाै ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे बताउनुभएकाे छ । ललितपुरकाे नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर सुधार गर्न भविष्यमा थप कार्यक्रम गर्ने बताउनुभयाे । 

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयले उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ । साथै उहाँले विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।  

विसं २०७२ वैशाखमा गएको भूकम्पबाट देशका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिक्रिया