थप ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

 भदौ ३०, २०७८

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो सँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको र अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन मात्र बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ देखि शुरु भएको अधिवेशन ५७ जिल्लामा सम्पन्न भइसकेको छ । अधिवेशन हुन बाँकी जिल्लामा असोज ५ गते वडा अधिवेशनका हुने कार्यतालिका छ ।

तपाईंको प्रतिक्रिया