सुनको मूल्यमा ७ सय रुपैयाँ गिरावट

 भदौ ३१, २०७८

काठमाडौं । बिहीबार) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार यो सुन तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलाको ९० हजार रुपैयाँ कायम भएको छ। बुधबार यो सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो। चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ। मंगलबार र बुधबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको प्रतिक्रिया