दाङका १४ जनामा कोरोना पुष्टि

 भदौ ३१, २०७८

तुलसीपुर । आज दाङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १७ जनाको एन्टीजेन परिक्षण गर्दा ७ जना पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका ५, गढवाका ४, राप्तीका २, बबई, लमही र तुलसीपुरका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ५ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराही र लमहीका २/२ जना तथा गढवाका १ जना रहेको केन्द्रले जनाएको छ । आज थप ५ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ ।

ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ५ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया