युवा ब्यवसायी केसी उपसभापतिका उम्मेदवार

 असोज ०२, २०७८

तुलसीपुर । युवा ब्यबसायी बिनिल केसीले नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिकामा उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । सुरेश हमालको टिमबाट केसीले उपसभापति पदमा उम्मेदवारी दिएका हुन । युवा माझ लोकप्रिय बनेका केसी हाल राप्ती बबई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव, नेपाल टेक्वान्दो संघ लुम्बिनी प्रदेशका महासचिव, रोट्रयाक्ट क्लव अफ तुलसीपुरका संस्थापक अध्यक्ष पनि हुन ।


तुलसीपुरमा काँग्रेसको संगठनलाई थप मजबुत बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन । यो समुहलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी लगाएतका नेताहरुको साथ समर्थन छ । केसीले आँफू लगाएत र सुरेश हमाल नेतृत्वको समुहलाई अत्यधिक बहुमतले बिजयी बनाउन अपिल समेत गरेका छन । नगरको नेतृत्व चुन्न असोज ९ गते निर्वाचनको मिति तोकिएको छ ।

तपाईंको प्रतिक्रिया