संविधान दिवसको अवसरमा लायन्स क्लवको रक्तदान

 असोज ०३, २०७८

दुधरास । लायन्स क्लव अफ मालिका कालिका तुलसीपुर दाङको आयोजनामा दुधरास चौकमा आज बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ । संविधान दिवसको अवसर पारेर आयोजना भएको रक्तदान कार्यक्रममा कम्तिमा दुइ दर्जन जतिले रक्तदान गरेको कार्यक्रम संयोजक विमिन आचार्यले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रमको उद्घाटन लायन्स क्लवका डिस्ट्रीक एक्जुकेटिभ विनोद कुमार श्रेष्ठले गरेका हुन् । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका श्रेष्ठले लायन्स क्लवले विभिन्न सामाजिक अभियानसंगै विशेष गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था भएको भन्दै यस्ता कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गरे ।

लायन्स क्लव अफ कालिका मालिकाका अध्यक्ष विरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का अतिथि लायन्स सुरेश हमालले लायन्स क्लव एउटा विशुद्ध सामाजिक संस्था भएको उल्लेखगर्दै रक्तदान लगायत स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याहरुमा हातेमालो गर्न क्लवलाइ सुझाव दिएका थिए । कार्यक्रममा लायन्स क्लव अफ दाङका एरीया चिप टेकन कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । लायन्स टिकाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विदुर गौतमले गरेका थिए । रक्तदान कार्यक्रमको प्राविधिक संयोजन नेपाल रेडक्रस सोसायिटि दाङका इच्छा बुढामगरले गरेकि थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लव इन्टरनेश्नलले लायन्स क्लव अफ कालिका मालिकालाइ उपलव्ध गराएका डकुमेन्टसंगै अध्यक्ष विरेन्द्र खड्का र कार्यक्रम संयोजक विपिन आचार्यलाइ लायन्स क्लव इन्टरनेश्नलको पिन लगाएर सम्मान गरेका थिए । सो अवसरमा दुधरास प्रहरी विटका सुरक्षा कर्मिहरु, उद्योगी व्यवसायी, राजनितिकर्मिहरु तथा स्थानिय समाजसेवीहरुले रक्तदान गरेका थिए ।

तपाईंको प्रतिक्रिया