सबै सामान एकै ठाउँ : नायक मार्टमा

 असोज ०४, २०७८

तुलसीपुर । तुलसीपुरमा घरायसी सम्बन्धी सबै सामान एकै ठाउमा पाईने गरि नायक मार्ट संचालनमा आएको छ । एक करोड बढि लगानिमा सञ्चालनमा आएको मार्टमा घर सजावट देखि कस्मेटिक र किरानाका सबै सामान, खेलौना , पेय पदार्थ, सरसफाईका सामान, बेकरी आईटम पाईने संचालक जनक कुमार खत्रिले जानकारी दिएका छन ।

उरहरी निवासी तीन जना युवाहरु मदन क्षेत्री, जनक कुमार खत्री र जगदिस केसीको संयुक्त लगानीमा तुलसीपुर ६ गुम्राह चोकमा मार्ट सञ्चालनमा आएको हो । ग्राहकहरुलाई सहज तरिकाबाट सम्पुर्ण सामान एकै ठाउँबाट दिने उदेश्यले मार्ट संचालनमा ल्याएको सञ्चालकको भनाई छ । स्वदेशमै रहेर पनि युवाहरुले उद्यम गर्न सक्छन भन्ने उद्देश्य बोकेर संयुक्त लगानिबाट मार्ट सञ्चलान ल्याएको बताएका छन ।

यसैविच उक्त मार्टको एक कार्यक्रमका बिच तुलसीपुर प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघका अध्यक्ष जनक खरालले उद्घाटन गरेका हुन् ।

तपाईंको प्रतिक्रिया