‘पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न सबै जुटौं’

 असोज ११, २०७८


तुलसीपुर । ऐतिहासीक मठमन्दिरको संरक्षण र पर्यटकीय क्षेत्रको प्रवद्धनका लागि सबै एक जुट भएर अघि बढ्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । कोरोना महामारीले थला परेको पर्यटकिय क्षेत्र विस्तारै पुरानै लयमा फर्किन लागेको हुदा सरक्षणमा सबै जिम्मेवार हुनुपर्ने बताएका हुन । ४२ औं विश्व पर्यटन दिवसका अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।

आन्तरिक पर्यटन पुनरुत्थान गरौं, घुम्न जाऊँ तुलसीपुर अभियान सफल पारौं भन्ने नारा सहित तुलसीपुरमा दिवस मनाईएको हो । उनिहरुले तुलसीपुर क्षेत्रका पर्यापर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक माधव वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष नबराज लामीछाने, १४ का वडा अध्यक्ष पर्शुनारायण चौधरी, अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल, राप्ती साहित्य प्रतिष्ठानका सल्लाहाकार खुमानन्द अधिकारी, तुलसीपुर उपमहानगरपालिका न्यायीक समितिका सदस्य यमूना परियार, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, बटोलपुर थारु होमस्टेका महेन्द्र चौधरी, भैरव नरसिंह गुफा होमस्टेका अध्यक्ष लालबहादुर पुनमगर, कुम्भकुमारी अधिकारी, धनिराम भण्डारी, लगाएतले आआफ्ना धारना राखेका थिए । कार्यक्रमको सहजीकरण पर्यटन शाखा प्रमुख यशोधा कुमारी वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया