साहस ऊर्जाको आईपीओ बाँडफाँट

 असोज १७, २०७८

काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलयमा आज विहान आईपीओ बाँडफाँट भएको हो। साहस ऊर्जाको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन् ।

कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ। रीतपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्।

कुल आवेदनमध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालिफाइड भएका छन्। साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

तपाईंको प्रतिक्रिया