सामुदायिक विद्यालय कर्मचारीको उमेर हद कायम

 असोज १७, २०७८

काठमाण्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  आज सूचना जारी गरी सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद कायम गरेको जानकारी दिएको छ । ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिँदै केन्द्रले विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको हो ।

केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाद्वारा जारी सूचनामा ‘विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० (साठी) वर्ष हुन र सो को निर्देशन सबै क्षेशनि तथा जिशिकामा दिनू भन्ने मिति २०६९ मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ’ भन्ने उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया