विद्यालय कर्मचारी परीषद्ले भन्यो- ‘सेवा सुविधा दिएर मात्रै अवकाश’

 असोज १७, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद्ले कर्मचारीको उमेर हद सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परीषद्का कावा अध्यक्ष डोलराज शर्मा पौडेल र महासचिव प्रदिप श्रेष्ठद्धारा जारी विज्ञप्तीमा गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गरी सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० बर्ष कायम गरेको जानकारी दिएको छ ।

कानुन निर्माण नगरी कर्मचारीको अवकास नगर्न भनि शिक्षा विभागले समेत निर्देशन जारी गरेपनि हाल सम्म कानुनी ब्यवस्था नभएको हुदा सेवा सुविधाको ब्यवस्था गरेर मात्र अवकाश दिन माग पनि गरेको छ । साथै समस्या समाधान नभए आन्दोलनमा उत्रने चेतावनी पनि दिईएको छ ।

तपाईंको प्रतिक्रिया