पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी

 असोज २३, २०७८

तुलसीपुर । सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

शनिवार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।

तपाईंको प्रतिक्रिया