मावि कालाखोलामा अपाङ्ग अध्ययन केन्द्रको भवन बन्दै

 असोज २४, २०७८

तुलसीपुर । तुलसीपुर ७ मा रहेको माध्यामिक विद्यालय कालाखोलामा अपाङ्ग अध्ययन केन्द्र भवनको शिलान्यास गरिएको छ । अध्यन केन्द्रको शिलान्यास गर्दै तुलसीपुर उपमहागनपालिका नगर प्रमुख¬ घनश्याम पाण्डेले समावेशी नमूना विद्यालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ बर्षको अवधिमा निक्कै काम गरेको बताउँदै निर्वाचनमा गरेका बाचा मध्य अधिकांस कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छायाँ नेपालका निर्देशक कमल थापा, तुलसीपर उपमहानगरपालिका–७ का वडा अध्यक्ष टोपबहादुर केसी, विद्यालयका प्रधानाध्यापक राजिभ ओझा, सहायक प्रधानाध्यापक छविलाल न्यौपाने लगाएतले बोल्नु भएको थियो । ६७ लाख लगातमा करेसाबारी सहित ६ कोठे भवन वन्ने भएको छ । भवन एक बर्षमा सम्पन्न गर्ने सम्झौता भएको छ ।

तपाईंको प्रतिक्रिया