फिनिसिङ दिन नसक्दा नेपाल भारतसँग पराजित

 असोज २५, २०७८

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ । नेपाल भारतसँग पराजित भएको हो । शुरुआती दुई खेलमा जित निकाल्दै फाइनल नजिक पुगेको नेपाल आइतबार राति भएको खेलमा भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे ।

उनले खेलको ८२ औं मिनेटमा गोल गरे । भारतका लागि सुनिलको यो ७७ औं गोल हो । खेलमा भारतले नेपालविरुद्ध एकतर्फी खेल खेलेको थियो । नेपालले भने फिनिसिङ दिन नसक्दा यो खेलमा गोलका लागि सही दिशा पक्रन सकेन । प्रशिक्षक मोहम्मद अलमुताइरीले पनि खेल जित्ने अपेक्षा गरेका थिएनन् । उनले फिनिसिङको अभावले गर्दा हार्न पुगेको बताए ।

तर खेलपूर्वको प्रिम्याच कन्फ्रेन्समै उनले नेपालले जित्ने अभिव्यक्ति दिन सकेका थिएनन् ।

तपाईंको प्रतिक्रिया