ओपिसरालाई उपचार खर्च सहयोग

 असोज २६, २०७८


तुलसीपुर । तुलसीपुर निवासी ओपिसरा नेपालीलाई उपचार खर्च प्राप्त भएको छ । वडा नम्बर ६ निवासी किरन परियारकि १३ बर्षिय छोरी क्यान्सर रोगले पीडित ओपिसरालाई “Dalit Youth Alliance” काठमाडौंका अध्यक्ष सुन्दर स्नेहीले ३ हजार र महासचिव सुनिता बिशुन्खेले १ हजार सहयोग गर्नुभएको हाे ।

अाेपिसराकाे उपचार खर्चमा सहयोग पुगाेस भन्ने उद्देश्यले प्रदान गरिएको उक्त रकम “ग्रामिण दलित शिक्षा बिकास केन्द्र नेपालका” महासचिव मोहन श्वर्णकार र “युथ टु लिड” का अध्यक्ष नारायण बिकले पीडित बालिकालाई हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग जुटाउन Dalit Youth Alliance का कोषाध्यक्ष प्रकाश सेर्पाइलीले सहजिकरण गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया