मुगु बस दुर्घटना : ३२ जनाको मृत्यु, ११ जना गम्भीर घाइते

 असोज २६, २०७८

तुलसीपुर ।
मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चार जनाको उद्धार गरी रारा बिमानस्थलमा पु¥याई जहाजमा राख्ने क्रममा र चार जनाको अस्पताल पु¥याएपछि मृत्यु भएको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) चित्र बहादुर भट्टराइले जानकारी दिए।

घाइतेमध्ये तीन जनालाई हेलीकप्टर र १२ जनालाई हवाई जहाजमार्फत उपचारका लागि पठाइएकोमा थप चार जनाको अस्पतालमा मृत्यु भएको हो। डिएसपी भट्टराईका अनुसार कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक र नरसिंह होममा थप तीन जनाको मृत्यु भएको हो।

नेपालगञ्जदेखि मुगु सदरमुकाम आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो करीब १ बजे तिर छायाँनाथ रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना भएको थियो। बस सडकदेखि करीब ३ सय मिटर तल खसेको थियो। दसैँ मनाउन घर फर्केका स्थानीय बासीन्दा घर पुग्न नपाउँदै दुर्घटनामा परी ज्यान गुमाएका छन्। बसमा सवार ४३ यात्रु मध्ये अधिकांश विद्यार्थी रहेका बुझिएको छ।

मृतकहरुको सनाखतका लागि आर्मीको ट्रक र निजी गाडीहरुमा राखेर शव जिल्ला अस्पताल पठाइएको उनलेक जानकारी गराए। चलकको साइडतिरको टायर पंचर भएकाले दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। नयाँ पत्रिका बाट

तपाईंको प्रतिक्रिया