देशभर ७९२ जनामा कोरोना संक्रमण

 असोज २६, २०७८

तुलसीपुर । पछिल्लो २४ घण्टामा देशभर ७९२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ हजार ६११९ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

सात हजार ६० जनाको पिसिआर र दुई हजार ५५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। तीमध्ये ६९१ जनामा पिसिआर र १०१ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा नेपालमा थप १४ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमााएका छन्। आज दिनभर नेपालमा ६९ हजार ८२४ जनाले कोभिड–१९ को खोप लगाएका मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। यसदिन ९१० जना संक्रमणमुक्त भएसँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ भएको छ।

तपाईंको प्रतिक्रिया