सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

 असोज २७, २०७८

चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान जाने गरेको छ । यस बर्ष पनि विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि नागरीकले ज्यान गुमाएका छन ।

केहि दिन अघि अछाममा जन्ती बोकेको जिप दुर्घटना हुदा ४ जनाको ज्यान गएको थियो भने स्यांङजामा घुम्न भनि गएका ८ जनाको ज्यान गएको थियो । उनिहरु काठमाण्डौ बाट घुम्न गएका मध्ये केहि विद्यार्थी समेत थिए । यस्तै मंगलवार मात्रै मुगुमा दशैं मनाउन घर फर्किदै गरेका ३२ जनाको ज्यान गएको छ । उनिहरु अधिंकाश काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका स्थानबाट दशैँ मनाउन घर फर्किएका विद्यार्थी रहेको बुझिएको छ ।

यसरी विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि अकालमा ज्यान गएको छ । खासगरी सडकको दुर्दशाका कारण सवारी दुर्घटना हुने गरेका छन । सडक छिया छिया हुदा पनि सम्बन्धीत निकाय मौनहुदा र फितलो अनुगमनका कारण पनि कैयो सडकहरु मृत्यु मार्ग हुदैछ्न । त्यसमाथि पुराना थोत्रीएका गाडी निरन्तर चल्दा पनि दुर्घटना भएको पाईन्छ । यसका साथै चालक स्वंयले मापसे सेवन गरि चलाउनु, ओभर स्पीड , लोड लगायत दुर्घटनाको कारण बनेको छ ।

यसका लागी सडक सुधार सगैं पुराना गाडीको ब्यवस्थापन र ओभर लोडबारे चेकजाचमा कडाई नहुदा धेरैले अकालमा ज्यान गुमाएका छन । यसका लागी सम्बन्धीत निकाय जाग्न सके चाडपर्वको समयमा हुने अप्रिय घटनाबाट बच्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया