आईपीएलको उपाधि चेन्नईलाई

 असोज ३०, २०७८

काठमाडौँ । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन । चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २/२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७  रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए ।

तपाईंको प्रतिक्रिया