साफ उपविजेता टोलीलाई सरकारको ५ लाख

 कार्तिक ०१, २०७८

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँले सम्मान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साफमा दोस्रो बनेको टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए । उनले खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने निर्णय भएको बताए ।

तपाईंको प्रतिक्रिया