उद्योग बाणिज्य संघकाे स्थापना दिवसमा फलफूल वितरण

 कार्तिक ०२, २०७८

तुलसीपुर बाणिज्य संघले बिरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनायो

तुलसीपुर । तुलसीपुर उधोग बाणिज्य संघले आफ्नो २९ औं स्थापना दिवसकाका अवसरमा अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । स्थापना दिवसको अबसरमा संघका पदाधिकारीले मंगलबार बिहान तुलसीपुुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुगेर करिब ६० बढी बिरामीलाई फलफूल गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

फलफूल बितरण कार्यक्रम पछि संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता र अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको प्रमख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई संघका महासचिव विनिल केसी, पूर्वअध्यक्षहरु अध्यक्ष बीरबहादुर रावत, बिमल रिजाल, संघका पूर्ब सल्लाहकार एवं नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमल, पूर्ब सल्लाहकार नारायणप्रसाद खनाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्याल, संघका सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ , मिनराज वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमका बक्ताहरुले अस्पतालको बृहत्तर बिकासका लागि नीजि क्षेत्रसंगको सहकार्य अनिबार्य रहको बताएका थिए ।कार्यक्रममा कोरोना संक्रमन भएर हाल काठमाडौंमा उपचाररत बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहको स्वास्थ्य लाभको कामना गरिएको थियो । कार्यक्रमको सहजीकरण सघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया