सल्यानमा ८ हजार मेट्रिक टन धानमा क्षती

 कार्तिक ०३, २०७८

सल्यान । लगातारको बर्षातका कारण सल्यानमा झण्डै २८ प्रतिशत धानमा क्षती पु¥याएको पाइएको छ । आइतवार देखी परको अविरल बर्षातका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानमा क्षती पुगेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । बर्षाले धान वालीमा पु¥याएको क्षतीको अनुमानित विवरण सार्वजनिक गर्दै कार्यालयले जिल्लाभर ४४ दशमलव ५० प्रतिशत धान काट्न बाँकी रहेको जनाएको छ ।

यस्तै हालसम्म जिल्लाभर २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा जिल्लाभर ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको थियो ।

तर बर्षातका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षती भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । तर पुर्ण रुपमा क्षती भएको भन्न नमिल्ने उहाँको भनाइ छ ।

तपाईंको प्रतिक्रिया