आजको मौसम : प्रदेश-१ र वाग्मतीमा हल्का वर्षा

 कार्तिक ०५, २०७८

काठमाडौँ । नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश- १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती, गण्डकीसहितका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन पनि अनुरोध छ ।​​

तपाईंको प्रतिक्रिया